दफा ५३
निर्देशन दिन सक्ने
: (१) विभागले समय समयमा इजाजतपत्रवालालाई वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धी कारोबारको सम्बन्धमा आवश्यक निर्देशन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम विभागले दिएको निर्देशन पालना गर्नु सम्बन्धित सबै इजाजतपत्रवालाको कर्तव्य हुनेछ ।